दुई कम्पनीको बोनस शेयर सूचीकृत

२० चैत्र २०७८, आईतवार १६:१९

काठमाडौं । दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आइतबार रिलायन्स फाइनान्स र नेपाल हाइड्रो डेभलोपरको बोनस शेयर सूचीकृत भएको हो ।

रिलायन्स फाइनान्स लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापतको १३ लाख ७३ हजार ४८६.५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेपाल हाइड्रो डेभलोपरको २ लाख ९ हजार ३ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

अब उक्त बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीहरुले खरिदबिक्री गर्ने सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*