एनएलजी इन्स्योरेन्सको अध्यक्षमा बिमल प्रसाद वाग्ले नियुक्त, बीमा समितिका अध्यक्ष सिलवालबाट सपथ ग्रहण

२० चैत्र २०७८, आईतवार १६:१५

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा बिमल प्रसाद वाग्ले नियुक्त भएका छन् । कम्पनीको १६औं साधारण सभा पश्चात् बसेको संचालक समितिको बैठकले अध्यक्षमा वाग्लेलाई चयन गरेको हो ।

साथै बीमा समितिबाट जारी बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३(४) अनुसार कम्पनीको संचालक समितिको अध्यक्षले पदको जिम्मेवारी सुरु गर्नु अघि बीमा समितिको अध्यक्षसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुपर्ने व्यवस्था रहेको छ ।
सोही व्यवस्थाअनुसार नवनियुक्त अध्यक्ष वाग्लेले आज चैत २० गते बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् ।

वाग्लेले नेपाल सरकारको निजामति सेवा तथा अन्य सरकारी संस्थाहरुमा विभिन्न ओहदामा ३७ वर्षभन्दा बढीको कार्यअनुभव, विभिन्न सरकारी संस्थानहरुमा संचालक समितिको अध्यक्ष एवं सदस्यको रुपमा कार्य अनुभव बटुलिसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*