रिलायबल नेपाल लाईफद्धारा एजेन्सी म्यानेजरलाई सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

२० चैत्र २०७८, आईतवार १५:३६

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो सेवा सुविधाको दायरालाई बृहत बनाउदै गर्दा आफ्ना अभिकर्ता तथा कर्मचारीहरुलाई विभिन्न प्रशिक्षण कार्यक्रम गर्दै आइरहेको छ । २०७४ मंसिर १ गतेदेखि ब्यवसायिक कारोबार गर्दै आईरहेको कम्पनीले आफ्नो योजनाहरु मार्फत जोखिम बहन र वित्तीय स्थिरता प्रदान गर्दै आइरहेकामा कम्पनीले सुदुरपश्चिम एजेन्सी म्यानेजरहरुलाई सम्मान तथा उत्प्रेरणात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

सहभागिहरुको हौसला बढानउन र इन्स्योरेन्सकर्मीको उच्च मनोबलमा टेवा पुयाउने हितले कम्पनीले सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला चिसापानी स्थित होटल सिद्धार्थमा सम्मान तथा उत्प्रेरणात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । आयोजित कार्यक्रममा कम्पनीका बरिष्ठ प्रबन्धक युवराज शर्मा र कम्पनीका प्रदेश प्रमुख सुरेन्द्र थापाले रिलायबल नेपाल लिमिटेडका एजेन्सी क्यानेजरहरुलाई सम्मान गरेका हुन ।

देशभरका विभिन्न क्षेत्रमा उत्प्रेरणात्क प्रशिक्षण गर्दै आइरहेका बरिष्ठ प्रशिक्षक लेखानाथ पौडेलले प्रशिक्षण दिएका थिए ।

कम्पनीले ग्राहकहरुलाई सम्पत्ति ब्यवस्थापनमा सहायता, प्रर्याप्त जोखिम बहन र सरोकारवालाहरुलाई विद्युतीय माध्यमहरुसँग अनुकूलन गर्न सहयोग प्रदान गर्दै आइरहेको छ । साथै इन्स्योरेन्सले ग्राहकहरुका निम्ति प्रतिस्पर्धा शुल्कमा नयाँ योजनाहरु, गुणस्तरीय सेवा समसामयिक सेवा र झन्झट मुक्त दाबी भुक्तानी दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*