प्रभु लाइफको अर्धवार्षिक व्यवसायिक सम्मेलन सम्पन्न, उत्कृष्ट व्यवसायमा अग्रणी शाखा प्रमुखहरुलाई सम्मान

२० चैत्र २०७८, आईतवार १३:३१

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले ‘अर्ध वार्षिक व्यवसायिक सम्मेलन’ सम्पन्न गरेको छ । इन्स्योरेन्सले आफ्ना सम्पूर्ण शाखा, उप–शाखा, प्रदेश प्रमुखहरु तथा व्यवस्थापन समूहको उपस्थितिमा सो सम्मेलन सम्पन्न गरेको हो ।

उक्त सम्मेलनमा प्रभु लाइफ इन्स्योरेन्सले २०७८ साउनदेखि फागुनसम्मको व्यवसायिक लक्ष्य तथा प्राप्त उपलब्धिहरुको गहन समिक्षा गरेको थियो ।

साथै, आगामी दिनहरुमा कम्पनीको व्यवसायिक रणनीति तथा भावी कार्ययोजनाहरुका बारेमा समेत उक्त सम्मेलनमा छलफल सोही अनुरुप अघि बढ्न उत्प्रेरित गरिएको थियो ।

त्यस्तै, सोही सम्मेलनमा हालसम्म उत्कृष्ट व्यवसाय तथा कार्य कुशलतामा अग्रणी शाखा, उपशाखा प्रमुखहरुलाई पुरस्कारसहित उच्च सम्मान समेत गरिएको थियो । सो सम्मेलनपश्चात् कम्पनीले आगामी दिनहरुमा उत्कृष्ट व्यवसाय बृद्धि गर्ने विश्वास लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*