सिटिजन्स बैंक र एनपीआई नारायणी सामुदायिक हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

२० चैत्र २०७८, आईतवार १२:४२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एनपीआई नारायणी सामुदायिक हस्पिटलबीच छुट सम्बन्धी सम्झौता भएको हो । चितवनमा रहेको उक्त हस्पिटलमा बैंकका कार्डबाहकलाई १० प्रतिशतसम्म छुट दिने समझदारी भएको हो ।

उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका कार्डबाहकले एनपीआई नारायणी सामुदायिक हस्पिटलका सबैं सेवा सुविधामा १० प्रतिशत छुट प्राप्त गर्ने सक्नेछन् । डिजिटल कारोबारलाई प्रोत्साहन दिन यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हालसम्म कार्ड नभएका ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*