तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, शेयरमूल्य कसको कति ?

२० चैत्र २०७८, आईतवार १२:०८

काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको करिब एक घण्टामा तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

यो समाचार तयार पार्दासम्म कारोबारमा आएका १९८ कम्पनीमध्ये राष्ट्र उत्थान लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र इमर्जिङ नेपाल लिमिटेडको शेयरमा सर्किट लागेको हो ।

राष्ट्र उत्थान लघुवित्तको शेयर १० प्रतिशतले बृद्धि भएर शेयरमूल्य १४५१ रुपैयाँ ४० पैसा पुगेको छ । त्यस्तै, इमर्जिङ नेपाल र नेष्डो समृद्ध लघुवित्तको शेयर ९।९९ प्रतिशतले बढेर शेयरमूल्य इमर्जिङको १३४७ रुपैयाँ २० रुपैयाँ र नेष्डोको ११६१ रुपैयाँ २० पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*