नयाँ वर्षमा शाओमीको “मि मा डबल मज्जा” अफर
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो उपभोक्ताको लागि शाओमी टेलिभिजन खरिदमा शानदार अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत कुनै पनि मि टेलिभिजनको खरिदमा उपभोक्ताहरुले एउटा मि नोटबुक प्रो अथवा ४० इन्चको मि 4A टेलिभिजन जित्न सक्नेछन् ।
प्रिमियम प्राइस सेग्मेन्टमा शाओमी नयाँँ टिभि किन्न चाहने उपभोक्ताहरुको लागि एक राम्रो विकल्प हो । उपभोक्ताको माग र नजिकिँदै गरेको नयाँँ वर्षलाई ध्यानमा राखेर शाओमीले “मि मा डबल मज्जा” अफर ल्याएको छ ।
यो अफर अन्तर्गत मि टेलिभिजन खरिद गर्ने एक जना भाग्यशाली विजेताले लक्की ड्र मार्फत बम्पर उपहारको रुपमा मि नोटबुक प्रो र ६ जना भाग्यशाली विजेताहरुले साप्ताहिक लक्की ड्र मार्फत ४० को मि 4A टेलिभिजन जित्न सक्नेछन् ।
मि टेलिभिजनले एन्ड्रोइड सपोर्ट गर्ने भएकोले यसले प्ले स्टोरमा भएको ४००० भन्दा बढी एपहरु सपोर्ट गर्छ । यो एक स्मार्ट ब्लुटुथ रिमोट हो जसले गर्दा च्यानल चेन्ज गर्न टिभिमै रिमोट पोइन्ट गरी राख्नुपर्दैन र यसमा नेपाली भाषामै युट्युब र नेट फ्लिक्समा सर्च गर्न मिल्छ ।
साथै यसमा भएको डाटा सेभर टेक्नोलोजीले मोबाइल डाटाबाटै टिभि हेर्दा पनि अरु टिभिमा भन्दा ४० प्रतिशत बढी डेटा बचत गर्छ । बजारमा उपलब्ध यसको ३२ देखि ६५ इन्चका जुनसुकै टिभिमा एउटै फिचर हेर्ने सकिने कम्पनीले जनाएको छ । यसको बजार मुल्य २९ हजार ९ सय रुपैयाँदेखि १ लाख ९ हजार ९९ रुपैयाँ सम्म रहेको छ ।
यो अफर चैत्र १८ गते देखि वैशाख ३१ गते सम्म लागु हुनेछ ।