सूर्योदय वोमी लघुवित्तको मर्जरपछि यस्तो बन्यो नयाँ टिम, सिइओमा मोक्ष प्रसाद पंगेनी

२० चैत्र २०७८, आईतवार ११:११

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा मोक्ष प्रसाद पंगेनी नियुक्त भएका छन् ।

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले एकआपसमा गाभिएपश्चात् चैत १९ गतेदेखि ‘सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गरेको छ । सो यी दुई लघुवित्तको एकीकृत कारोबारपश्चात् नयाँ कम्पनीको सिइओमा पंगेनीलाई नियुक्त गरिएको हो ।

कम्पनीको चैत १९ गते बसेको संचालक समितिको बैठकले पंगेनीलाई सिइओमा आगामी ४ वर्षको लागि नियुक्त गरेको हो । साथै सोही बैठकले मर्जर पश्चात् सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा प्रमेश आचार्यलाई नियुक्त गरेको छ ।

साथै सोही बैठकले कम्पनीको अध्यक्षमा बिन्दीया श्रेष्ठ प्रधानलाई सर्वसम्मत चयन गरेको छ । कम्पनीले ७ जना नयाँ संचालक समिति समेत गठन गरेको छ । संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकमा विन्दीया श्रेष्ठ प्रधान, अनन्त कुमार श्रेष्ठ, नरेन्द्र कुमार प्रसाई र गुडाखर सापकोटा रहेका छन् भने सर्वसाधारण शेयधरनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालकमा कृष्णराज सिलवाल र तारा शर्मा रहेका छन् । साथै स्वतन्त्र संचालकमा भरत सिंह थापा रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*