एशियन लाइफको एमडिआरटी कन्फ्रेन्स २०२२ सम्पन्न, बिजेताहरु सम्मानित

२० चैत्र २०७८, आईतवार १०:५४

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंको होटल सोल्टीमा एमडिआरटी कन्फ्रेन्स सम्पन्न गरेको छ । कम्पनीले एमडिआरटी लक्ष्य पुरा गर्ने ७० जना बिजेताहरुलाई सम्मानित गरेको छ ।

गत शुक्रबार र शनिबार दुई दिने कार्यक्रममार्फत कम्पनीले अभिकर्ताहरुलाई पुनर्ताजगीसहित सम्मान गरेको कम्पनीले जनाएको छ । राजधानी काठमाडौंमा भव्य कार्यक्रम आयोजना गरी एमडिआरटी बिजेताहरुलाई ट्रफी र प्रमाणपत्रसहित सम्मानित गरिएको छ । अवार्ड प्राप्त गरेको अभिकर्ताहरुले यस्तो कार्यक्रमले कम्पनीमा कार्यरत बीमा अभिकर्ताहरुको आत्मबल उच्च बनेको तथा कार्यक्षेत्रमा खटिन थप हौसला मिलेको प्रतिक्रिया दिएका छन् ।


एमडिआरटी बिजेताहरुलाई कम्पनीका सिईओसहितका उच्च व्यवस्थापनले स्वागत गरेका थिए भने चर्चित हास्यकलाकार मनोज गजुरेल, गायक काली प्रसाद बास्कोटा, गायिका मिलन नेवाले प्रस्तुती दिएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*