ग्रीन भेन्चर्सको आइपीओ नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

२० चैत्र २०७८, आईतवार १०:३५

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

कम्पनीको आइपीओ चारवटा साइटबाट हेन सकिनेछ । नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेन सकिनेछ ।

ग्रीन भेन्चर्सको वेबसाइट https://greenventuresnepal.com/ , बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडको वेबसाइट https://laxmicapital.com.np/, सिडीएससीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आइपीओ नतिजा हेर्नको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ मार्फत् आइपीओ रिजल्ट हेर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*