सामलिङ पावरको साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेण्डा
२० चैत्र २०७८, आईतवार १०:३१
काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारण सभा भोलि (चैत २१ गते) बस्दैछ । सभाले कार्की ब्याङ्केट बबरमहल काठमाडौंमा बिहान १० बजे बस्ने गरी बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारि गर्ने छ । साथै कम्पनीको संचालक समितिको कायम संख्याा ११ जनाबाट घटाई ७ जना कायम गर्ने र सोसँग सम्बन्धी नियम ३१ संशोधन गर्ने एजेण्डा समेत सभाको कार्य सूचिमा रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले चैत ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।