ग्रीन भेन्चर्सको आईपीओ दुई लाख ८७ हजार ५०० जनाले पाउँदा १८ लाखको हात खाली

२० चैत्र २०७८, आईतवार १०:१८

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ बाँडफाँड केहीबेर अघि सम्पन्न भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटको कार्यालयमा गोलाप्रथाको विधिमार्फत आईपिओ बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीका अनुसार दुई लाख ८७ हजार ५०० जना आवेदकले १० कित्ताको दरले शेयर प्राप्त गरेका छन् । कम्पनीको आईपीओमा आवेदन दिने प्रमाणित आवेदक मध्ये २१ लाख ६ हजार ५१६ आवेदक मध्ये गोलाप्रथा गरी १० कित्ताको दरले आईीपओ वितरण गरेको हो ।

कम्पनीले चैत ८ गते मंगलबारदेखि ११ गतेसम्म ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता शेयर निष्काशनमा गरेको थियो । त्यसमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ५६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २८ लाख ७५ हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई बाँडफाँट गरिएको हो ।
कम्पनीको आइपिओमा आवेदन दिनेमध्ये १८ लाख ७० हजार १३१ जनाले शेयर पाएनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*