नेपाल मोबाइल व्यवसायी महासंघको पहिलो साधारण सभा चैत २५ गते हुने

१९ चैत्र २०७८, शनिबार १७:२७

काठमाडौं । नेपाल मोवाईल व्यवसायी महासंघले प्रथम वार्षिक साधारण सभा भव्यताका साथ आयोजना गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले साधारण सभाबारे जानकारी दिएको हो ।

महासंघको साधारण सभा चैत २५ गते (शुक्रबार) विहान ९ः०० बजे होटल एलफ्टमा सुरु हुने छ । कार्यक्रममा सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगै काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, माननीय विशाल भट्टराई, व्यवसायी दिपक मलहोत्रा, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिती रहने महासंघले जनाएको छ ।

यस्तै, कार्यक्रममा समाजमा उत्कृष्ट योगदान दिएका व्यक्तित्वहरु डा. सन्तुक रुइत र अनुराधा कोइरालालाई सम्मान गरिने समेत जनाईएको छ ।

कार्यक्रममा सहभागि हुन नेपाल मोवाईल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले सम्पूर्णमा आह्वान गरेका छन् । उनले ४० जिल्लामा विस्तार भएको संस्था २ वर्षको अबधिमा ७७ जिल्लामा संरचना विस्तार गर्ने जानकारी दिए ।

साथै, उनले नेपालमा छरिएर रहेका मोबाईल व्यवसायीलाई एउटै छातामुनि समेट्दै व्यवसायीले भोगेका समस्याका सम्बन्धमा सरोकारवाला समक्ष वकालत गर्ने र राज्य तथा नागरिकप्रतिको दायित्वबारे व्यवसायीलाई प्रतिबद्ध बनाउन महासंघको महत्वपूर्ण अभिभारा रहेको बताए ।
साथै उनले राज्यको निरन्तरको बेवास्ता, केही मोबाईल आयातकर्ता तथा कम्पनीको अस्पष्ट दृष्टिकोणले आजित भएका व्यवसायीले महासंघ आएसँगै केही राहतको महसुस गरेको दाबी समेत गरे ।

त्यस्तै, उनले अर्बौं राजश्व बुझाँउने कोरोनाका कारण महिनौं ठप्प रहेको मोबाईल व्यवसायले राज्यबाट कुनै सुविधा नपाएको गुनासो गर्दै विभिन्न बहानामा सरकारले व्यवसायीलाई दुःख दिने गरेको आरोप लगाए ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*