प्राइम लाइफ इन्स्योरेन्सको १५ प्रतिशत बोनस शेयर डिम्याट खातामा

१८ चैत्र २०७८, शुक्रबार ११:१५

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले गत मंसिर १९ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।

चैत ७ गते धितोपत्र दोस्रो बजारमा उक्त बोनस वापतको शेयर सूचीकृत गराएको कम्पनीले सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा गरेको हो । हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्र अभौतिक नगर्ने शेयरधनीको हकमा आफूसँग भएको शेयर प्रमाणपत्र अभौतिक गराई सोको जानकारी प्राप्त भए पश्चात सम्बन्धित शेयरधनीको हितग्राही खातामा उक्त बोनस जम्मा गर्ने कम्पनीे बताएको छ ।

साथै, डिम्याट खाता खोल्न बाँकी रहेका शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ, नक्साल वा आफूलाई पायक पर्ने निक्षेप सदस्यकोमा सम्पर्क गरी डिम्याट खाता खोली आफ्नो शेयर प्रमाणपत्र जम्मा गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*