पूँजी वृद्धि र सञ्चालकको निर्वाचन प्रस्ताव सहित सन नेपाल लाइफको साधारणसभा वैशाख ९ गते, यस्ता छन् अन्य एजेन्डा

१८ चैत्र २०७८, शुक्रबार १०:३६

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले चौथो वार्षिक साधारण सभा आगामी वैशाख ९ गते हुने भएको छ ।कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले सभा हायात प्लेस, ताहाचल, काठमाडौंमा अपरान्ह्र ४ बजे गर्ने निर्णय गरेको हो ।

कम्पनीको पूँजी वृद्धि गर्ने लगायत प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव उक्त सभाले पारित गर्नेछ ।

साथै, कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने, नियमनकारी निकायबाट संशोधन सम्बन्धमा कुनै सुझाब वा निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्नेछ ।

साथै सभाले आव २०७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८र७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*