सिटिजन्स बैंक र भारतको द मेडिसिटि हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

१७ चैत्र २०७८, बिहीबार १८:०३

काठमाडौं । सिटिजन्स बैंक एन्टरनेसनल लिमिटेड र भारत स्थित मेदान्त द मेडिसिटि अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका कार्ड बाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारी भएको हो ।

आज दिल्ली स्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेले हस्ताक्षर गरेका हुन । उक्त सहकार्य पश्चात भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई सहज वा सरल रुपमा सेवा प्रदान हुने विश्वास बैंकले लिएको छ ।

यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले भारतको गुरगाउँ, लखनउ, राँची, इन्दौर लगायतका मेदान्त अस्पतालका सबै शाखाहरुबाट पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*