सिटिजन लाईफको १३ शाखाद्धारा २२ सय बढी विद्यार्थीलाई बीमा सचेतना कार्यक्रम

१७ चैत्र २०७८, बिहीबार १६:५३

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हेटौडा क्षेत्र अन्तगर्त रहेका १३ बटा शाखा कार्यालयले बीमा सचेतना सम्बन्धी कार्यक्रम संचालन गरेको छ । कम्पनीले एकै दिन (चैत १६ गते) विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत २२०० भन्दा बढी विद्यार्थीहरुलाई विमा सचेतना कार्यक्रम संञ्चालन गरेको हो ।

उक्त कार्यक्रमा विद्यार्थीहरुदलाई बीमाको परिचय, बीमाको जरुरी, महत्व तथा यसबाट पुग्ने फाइदा, राष्टको हितमा बीमाले पुयाएको योगदान तथा अन्य सुरक्षा योजनाहरुको बारेमा जानकारी दिईएको थियो । कम्पनीका विभिन्न शाखा कार्यालयहरुले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने विद्यालय तथा कलेजहरुमा सो कार्यक्रम बिगत देखिनै आयोजना गर्दै आईरहेको छन् ।

त्यस्तै टाँडी शाखा कार्यालय अन्र्तगत पनि उक्त दिन २ बटा कार्यक्रम संञ्चालन भएको छ । झुवानी माध्यामिक विद्यालयका ६१ जना बिद्यार्थीहरु तथा खैरहनी माध्यामिक बिद्यालयका ३० जना बिद्यार्थीहरु गरी ९१ जना विद्यार्थीहरुलाई बीमा सचेतना कार्यक्रम संञ्चालन भएको छ ।

विद्यार्थी माझ बीमा संचेतना बढाउने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । हेटौडा क्षेत्रका १३ वटा शाखा कार्यालयबाटले शुरु गरेको उक्त कार्यक्रमको लिड हेटौडा क्षेत्रमा एरिया रिजनल म्यानेजर शिब कुमार कार्कीले सहजीकरण गर्नु भएको छ भने कार्यक्रममा टाँडी शाखा प्रमुख सुमन अर्यालले बीमाको दायरा बढाउनको लागि बीमा सचेतना हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा बीमाको परिचय, महत्व, इतिहास, प्रकार, सम्भावना, बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरु र चुनौतीहरु जस्ता विषयमा छलफल गरिएको थियो । यसका साथै बीमा आजको आवयकता भएकोले सबैको घरका सदस्यहरुको क्षमता अनुसार बीमा गर्नुपर्नेमा जोड दिइएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*