नारायणी डेभलपमेन्ट बैंकसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

१७ चैत्र २०७८, बिहीबार १५:१५

काठमाडौं । बिहिबार नेप्से ओरालो लागेको छ । साताको चौथो दिन हरियाली छाएको नेप्से आज भने २३.९५ अकंले घटेको हो ।

पूँजी आज बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३७ लाख ८७ हजार ४५ कित्ता शेयर किनबेच भएको छ । नेप्से राताम्य हुदाँ कारोबार समेत १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँमा सिमित भएको हो ।

बिहिबार नेप्से राताम्य हुदाँ कारोबार पनि १ अर्ब ८९ करोड रुपैयाँमा खुम्चिएको छ । नेप्से घटेर कारोबार समेत खुम्चिदा नारायणी डेभलपमेन्ट बैंकले सर्वाधिक गुमाएको छ । कम्पनीको शेयर आज ४.७९ प्रतिशतले घटेको हो ।

त्यस्तै, यूनाइटेड मोदी हाइड्रोपावरको ४.५३ प्रतिशत, यूनियन हाइड्रोपावरको ४.३९ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ४.३६ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको ४.२२ प्रतिशतले घटेको हो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*