तीन कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
१७ चैत्र २०७८, बिहीबार १५:०८
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से राताम्य भएको छ । बुधबार ४० अकंले बढेको नेप्से आज भने २३.९५ अकंले घटेको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३७ लाख ८७ हजार ४५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँको कारोबार भएको छ ।
बिहिबार नेप्से राताम्य हुदाँ कारोबार पनि खुम्चिन पुगेको हो । कारोबार आज १ अर्ब ८९ करोडमा सिमित हुदाँ ३ कम्पनीको शेयरमा सर्किट लागेको छ । आज इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त र नेष्डो लघुवित्तको शेयरमा सर्किट लागेको हो ।
त्यस्तै, यूनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको ७.९० प्रतिशत, बोट्लस नेपालको ५.०३ प्रतिशत, जाल्पा सामुदायिक लघुवित्तको ४ प्रतिशत, सिद्धार्थ इन्स्योरेन्सको २.१० प्रतिशत र नेपाल फाईनान्सको १.८२ प्रतिशतले बढेको हो ।