एनएलजी इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

१७ चैत्र २०७८, बिहीबार १४:२१

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार काठमाडौंमा बसेको सभाले प्रस्तावित लाभांश पारित गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

साथै बोनस शेयर जारी पश्चात् कम्पनीको चुक्तापूँजी बृद्धि भई १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ पुग्ने हुँदा सो सम्बन्धि संशोधन गर्न स्वीकृत गर्ने सभाको पारित गरेको हो । त्यस्तै, उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आव २०७७।०७८ को नाफा नोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरणका अनुसूचीहरु माथी छलफल गरी पारित समेत गरेको हो ।

आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने समेत सो सभाको विषयसूची पारित भएको छ ।

कार्यक्रममा बोल्दै एनएलजी इन्स्योरेन्सका अध्यक्ष बिमल प्रसाल वाग्लेले शेयरधनीहरुले उठाएको प्रश्नलाई सम्बोधन गर्दै बीमाशुल्क बढाउने विषयलाई मनन गर्दै आगामी दिनमा बीमा ब्यवसायका साथै बीमाशुल्क र लाभांश बृद्धि गर्दै लैजाने बताए ।

साथै कोभिड–१९ को दाबी भुक्तानीको विषयमा उठाइएको प्रश्नलाई स्पष्टीकरण गर्दै अध्यक्ष वाग्लेले यसमा नेपाल सरकार, बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी र इन्स्योरेन्स कम्पनीहरु गरी चारपक्षको सीमित रकमको फण्ड रहेको र सबै पक्षबाट केही निश्चित फण्ड राखेर दाबी भुक्तानी गर्नुपर्नेमा इन्स्योरेन्स कम्पनीहरुले दिनुपर्ने रकम दिइसकेको बताए ।

साथै बीमा समिति र नेपाल पुनर्बीमा कम्पनीबाट समेत दाबी भुक्तानीको लागि फण्ड दिइसकेको तर नेपाल सरकारको तर्फबाट निकासा हुनुपर्ने रकम अझैसम्म प्रक्रियाको क्रममा रहिरहेको कारणले कोरोना दाबी भुक्तानी हुन बाँकी रहेको उनले बताए ।

साथै उक्त सभाबाट पारित भएको जारी बोनस शेयरपश्चात् कम्पनीको चुक्तापूँजी बृद्धि भई १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँ पुगेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*