महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा

१७ चैत्र २०७८, बिहीबार १२:१५

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले २५ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले के कति कित्ता खरिद गर्ने सम्पूर्ण विवरण खुलाई कम्पनीको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासवरण ६, महुली सप्तरीमा आवेदन दिन सक्नेछन् ।

साथै सो अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*