राष्ट्रिय बीमा कम्पनीको सिईओमा ज्ञानेन्द्रराज ओझा नियुक्त

१६ चैत्र २०७८, बुधबार १७:५३

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा ज्ञानेन्द्रराज ओझा नियुक्त भएका छन् ।

कम्पनीले नेप्से मार्फत सूचना प्रकाशित गर्दै मन्त्रालयका उप सचिव (लेखा) ओझालाई सिईओमा नियुक्त गरेको जनाएको हो ।

चैत १३ गते बसेको अर्थ मन्त्रीस्तरको बैंठकले ओझालाई सिईओ पदको कामकाज गर्ने जिम्मेवारी तोकिएकोमा कम्पनीको चैत १५ गते बसेको संचालक समितिको बैठकले मन्त्रालयमा कार्यरत उप सचिव ओझालाई सिईओको काम कर्तब्य र अधिकार प्रयोग गर्ने अख्तियारी प्रदान गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*