सिद्धार्थ इन्स्योरेन्ससहित तीन कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्तले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
सिद्धार्थ इन्स्योरेन्सले १५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज कारोबार बन्द हुनुभन्दा अघि कम्पनीको कायम शेयरमूल्य १०२५ रुपैयाँका आधारमा नेप्सेले ८९१ रुपैयाँ ३० पैसा कायम गरेको छ ।
त्यस्तै, प्रभु इन्स्योरेन्सको कायम ८२५ रुपैयाँका आधारमा ११ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज भएसँगै नेप्सेले ७४३ रुपैयाँ २४ पैसा कायम गरेको छ ।
साथै आरम्भ चौतारी लघुवित्तको आज कारोबार बन्द हुनुभन्दा अघि कायम १३३६ रुपैयाँका आधारमा १९.६२०६३१८ प्रतिशत बोनस शेयर वितरणका लागि बुक्लोज गरेसँगै नेप्सेले १११६ रुपैयाँ ८६ पैसा समायोजन गरेको छ ।