नेशनल माइक्रोफाइनान्स लघुवित्त बोनस शेयर नेप्सेमा सूचिकृत

१६ चैत्र २०७८, बुधबार १७:०६

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बुधबार कम्पनीको ४० प्रतिशत दरको १६ लाख ७६ हजार २१४ दशलमव २१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा लगानीकर्ताले भोलिदेखि नै खरीदविक्री गर्न पाउने छन् । कम्पनीको माघ ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४० प्रतिशत बोनस सूचीकृत गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*