एनसीसी डिबेञ्चरसहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१६ चैत्र २०७८, बुधबार १५:१९

काठमाडौं । आज नेप्सेमा आकर्षक सुधार आएको छ । केही दिन यता लगातार ओरालो लागेको नेप्से आज भने ४०.६८ अकंले बढेको हो ।

बुधबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २३२ कम्पनीको ४५ लाख २ हजार ५११ कित्ता शेयर किनबेच भएको छ । नेप्से बढे पनि कारोबार भने २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँमा खुम्चिएको छ ।

आज नेप्से बढेर कारोबार खुम्चिदा एनसीसी डिबेञ्चरले सर्वाधिक गुमाएको छ । कम्पनीको शेयर आज २ प्रतिशतले घटेको हो ।

त्यस्तै, यूनिलिभर नेपालको १.९५ प्रतिशत, कुमारी इक्वाटी फण्डको १.८० प्रतिशत, सिटिजन्स बैंक इन्टरनेशनलको १.७९ प्रतिशत, सानिमा डिबेञ्चरको १.७५ प्रतिशत र ग्रीनलाईफ हाइड्रोपावरको १.२२ प्रतिशतले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*