४० अंकले बढेको शेयरबजारमा सिद्धार्थ इन्स्योरेन्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

१६ चैत्र २०७८, बुधबार १५:१८

काठमाडौं । लगातार गिरावट आएको शेयरबजारमा आज हरियाली छाएको छ । यससाता क्रमशः घट्दै गएको नेप्से परिसूचक आज ४०.६८ अंकले बढ्न पुगेको छ ।

नेप्सेमा सूचीकृत २३२ कम्पनीको ४५ लाख २ हजार ५११ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँको कारोबार भएको छ । शेयरबजारमा ४० अंकको बढोत्तरी हुँदापनि कारोबार भने खासै उत्सासजनक देखिएको छैन ।

केही समयअघि नेप्सेमा गिरावट आउँदा समेत ४।५ अर्बको कारोबार भएको शेयरबजारमा आज ४० अंकले बढ्दासमेत कारोबार २ अर्बमा खुम्चिन पुगेको छ । बीमा कम्पनीहरुको शेयरमा चमत्कारिक बृद्धिले आज शेयर बजार बढ्न पुगेको देखिएको छ ।

दुई अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक सिद्धार्थ इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको आज एकैदिन ११ करोड २७ लाख २३ हजार ४०६ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, प्रभु इन्स्योरेन्सको १० करोड ९२ लाख, नबिल बैंकको १० करोड ९ लाख, नेपाल टेलिकमको ६ करोड ८३ लाख रुपैयाँ र शिवम् सिमेन्ट्सको ६ करोड १९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*