प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा वैशाख ११ गते, बुक क्लोज कहिले ?

१६ चैत्र २०७८, बुधबार १४:३१

काठमाडौं । पुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा बैशाख ११ गतेका लागि बोलाएको छ । चैत १५ गते बसेको संचालक समितिको बैठकले सभा पर्सा दियालो लर्डस प्लाजा वीरगञ्जमा दिउँसो १२ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले चैत २४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकोले चैत २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*