ग्रीन भेन्चर्स कम्पनीको आईपीओ चैत्र २० गते बाँडफाँड
१६ चैत्र २०७८, बुधबार १३:०३
काठमाडौं । ग्रीन भेन्चर्स कम्पनीको आईपीओको बाँडफाँड चैत्र २० गते हुने भएको छ । उक्त साधारण सेयर को प्रि(अलटमेन्ट हिजो सम्पन्नभएको थियो ।आईपीओको बाँडफाँड चैत्र २० गते, आइतबार गर्न लागिएको क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले प्रतिकित्ता १ सय ्रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २१ लाख ५७ हजार ६ सय ३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए ।