काठमाडौंको सुन्दरीजलमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु

१६ चैत्र २०७८, बुधबार १२:२१

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा टिपरको ठक्करबाट दुई स्कुल बालिकाको  मृत्यु भएको छ । बुधबार बिहान गोकर्णेश्वर नगरपालिका वडा न १ को मेलम्ची चोकमा स्कुल जादै गरेका दुई बालिकाको ठिपरले ठक्कर दिएर मृत्यु भए पछि सो क्षेत्रमा तनाव सिर्जना भएको छ ।

वल्ड युथ इन्टरनेसल स्कुलमा बाबुको मोटरसाइकलमा जादैं गरेको क्रममा सवार छोरीहरुको टिपरको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकाको मृत्यु भएपछि सो क्षेत्रका आक्रोशित स्थानीयले टिपरमा ढुंगामुढा गर्नुका साथै आगजनी समेत गरेका छन् । आक्रोशित स्थानीय नियन्त्रयमा लिन प्रहरीले अश्रग्यता समेत प्रहार गरेको जनाएको छ ।

बा ४ ख ६९६५ नम्बरको टिपरले ठक्कर दिदा मोटरसाइकल चालक रोहन घिसिङ घाइते भएका छन् भने उनकी छोरी सृष्टि र श्रेया घिसिङको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*