नेपाल फाईनान्सले साधारण सभा प्रयोजनका लागि भोलि बुक क्लोज गर्दै
काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले साधारण सभा प्रयोजनका लागि भोलि (चैत १७ गते) एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यस आधारमा कम्पनीको आजसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले आफ्नो २५औं वार्षिक साधारण सभा बैशाख ३ गते गते बोलाएको छ । सभा होटल एल्लो प्यागोडा कान्तिपथ काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएकोे छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ । साथै उक्त सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पदमा ४ जना र सर्वसाधारण तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पदमा १ जना निर्वाचन गर्ने कार्य सूचि समेत रहेको छ ।
त्यस्तै, संस्थाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा संस्थाले अन्य कुनै उपयुक्त संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने सम्बन्धी बिशेष प्रस्ताव पारित गर्ने भएको हो ।