प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य नियुक्त

१६ चैत्र २०७८, बुधबार ११:०९

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा सुभाष अमात्य चयन भएका छन् ।

यसअघि कम्पनीको संचालक समितिको अध्यक्ष तथा संचालकमा रहेका डा. आत्माराम घिमिरेले चैत १६ गते नै लागू हुनेगरी राजिनामा दिएकोमा सोही मितिमा बसेको संचालक समितिको बैठकले अध्यक्षमा अमात्यलाई चयन गरेको हो ।

साथै नवनियुक्त अध्यक्षले आजै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् ।

२०७४ साल मंसिर २८ गतेबाट संचालनमा आएको यस कम्पनीले देशभरका १०० वटा शाखा÷उपशाखा कार्यालयहरुबाट जीवन बीमा व्यवसाय संचालन गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*