नेप्सेमा आरएमडिसि लघुवित्तको २० लाख ६८ हजार कित्ता बोनस शेयर सूचीकृत, आजदेखि खरिदबिक्री गर्न पाउने
१६ चैत्र २०७८, बुधबार ११:००
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आरएमडिसि लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको २० प्रतिशत दरको २० लाख ६८ हजार ४४३ कित्ता बोनस शेयर चैत १५ गते नेप्सेमा सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त शेयरहरु धितोपत्र दोस्रोबजारमा लगानीकर्ताहरुले आजदेखि नै खरिदबिक्री गर्न पाउनेछन् ।