नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिकको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा
१६ चैत्र २०७८, बुधबार १०:५०
काठमाडौं । नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडको १७औं वार्षिक साधारण सभा आज (चैत १६ गते) बस्दैछ । सभा रुपन्देही जिल्लाको बुटवल महानगरपालिका बुटवल स्थित कम्पनीको रजिष्टडए कार्यालयमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
साथै संचालकको बैठक तथा अन्य भत्ता तथा भ्रमण खर्च निर्धारण तथा कम्पनीको नियमावलि संसोधन गर्ने समेत सभाको कार्य सूचि रहेको छ ।