सिद्धार्थ र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

१६ चैत्र २०७८, बुधबार ०९:३७

काठमाडौं । दुई कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। सिद्धार्थ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात चैत १७ गते बुकक्लोज गर्दैछन्।

आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी तीन कम्पनीहरुको लाभांश प्राप्त गर्न तथा यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

सिद्धार्थ इन्स्योरेन्सले गत असार मसान्तसम्ममा कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०।७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत ३० गते २० औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप, काठमाडौँमा बिहान साढे १० बजे सुरु हुनेछ।

सभाले लाभांश प्रस्तावका साथै अन्य उपयुक्त निर्जीवन बीमा कम्पनीसँग मर्ज अथवा एक्विजिशन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा रिक्त स्वतन्त्र सञ्चालकको पदमा भएको सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश पारित गर्न चैत ३० गते बुधबार प्रभु कम्प्लेक्स तीनकुनेमा विहान ११ बजे २६ औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब १६ करोड १९ लाख रुपैयाँको ११ प्रतिशतका दरले हुन आउने १२ करोड ७८ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०।५८ प्रतिशतका दरले हुने आउने ६७ लाख २६ हजार नगद लाभांश पारित गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*