नेपाल क्लीयरिङ हाउसले माग्यो २४ जना कर्मचारी, बुधबार आवेदन दिने अन्तिम दिन

१५ चैत्र २०७८, मंगलवार २१:५१

काठमाडौं । नेपाल क्लीयरिङ हाउसले खुल्ला गरेको विभिन्न १४ वटा पदमा चैत्र १६ गते बुधबार आवेदन दिने अन्तिम दिन रहेको छ ।
नेपालका बैंक तथा नेपाल राष्ट्र बैंकको समेत लगानी रहेको पब्लिक कम्पनी नेपाल क्लीयरिङ हाउसले १४ वटा पदमा २४ जना कर्मचारी माग गरेको हो ।

कम्पनीको वेभसाईटमा सिधैं अनलाईनबाटै आवेदन भर्न सकिने कम्पनीले जनाएको छ । नेपाल कनेक्ट आईपिएस सेवा सञ्चालन गर्दै आएको कम्पनीमा आवेदन गर्दा कुनै शुल्क लाग्दैन ।

कम्पनीले प्रशासन, आईटी विभागमा कर्मचारीहरु माग गरेको हो । आईटी विभागमा पनि सपोर्ट, एनालाईसिस, जाभा, आईओएस एप्लिकेशन लगायतमा कर्मचारीहरु माग गरेको हो ।

 

अनलाईनबाट आवेदन दिन यहाँ क्लीक गर्नुहोला ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*