हामी नेपालीहरू गरिब छैनाैं, हाेइनाैंः अर्थ मन्त्री शर्मा

१५ चैत्र २०७८, मंगलवार १८:४७

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले नेपाली जनता गरिब नभएकाे र स्राेत साधनकाे प्रभावकारी परिचालन नगरिएकाेले अभाव देखिएकाे बताएका छन् ।

बजेट निर्माणकाे पूर्वसन्ध्यामा वर्तमान राजनीतिक अवस्थाबारेमा नेपाल आर्थिक संघ र सिविफिनले आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री शर्माले भने, ‘हामी काेही गरिब छैनाैं, हाेइनाैं ।’

मन्त्री शर्माले नेपालकाे स्राेत साधनकाे सही गणना गरेमा नेपाल धनी र सम्पन्न रहेकाे बताए । कार्यक्रममा मन्त्री शर्माले देशमा रहेकाे विकासकाे लागि पुजिकाे निर्माण तथा सही रूपमा परिचालन, श्रमकाे समेत समुचित संयाेजनमा देश विकाश गर्नुपर्नेमा जाेड दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*