यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा गिरावट आएको छ । आज नेप्सेपरिसूचक १४.२६ अंकले घट्दा कारोबार समेत १ अर्बमा खुम्चिन पुगेको छ ।
नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३८ लाख ९० हजार १३१ कित्ता शेयर किनबेच हुँद १ अर्ब ७५ करोड ६ लाख २८ हजार १९९ रुपैयाँको कारोबार भएको छ ।
अघिल्ला दिनहरुमा शेयरबजार ठूलो अंकले घटेतापनि कारोबार ३।४ अर्बमा पुगेको थियो । आज नेप्से दोहोरो अंकले मात्रै घट्दा पनि कारोबार १ अर्बमा खुम्चिन पुगेको छ ।
नियमक निकाय बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापूँजी बढाउने निर्णय गरेसँगै आइतबार बीमाकम्पनीहरुको शेयरमा उछाल आएको थियो । त्यसलगत्तै पुनः बीमा कम्पनीको शेयरमा गिरावट आउँदा कारोबार समेत ह्वात्तै घट्न पुगेको छ ।
आज सर्वाधिक जीवन बीमा समुहमा उच्च गिरावट आएको छ । १ अर्बमा कारोबार खुम्चिँदा सर्वाधिक शिवम् सिमेन्ट्सको कारोबार भएको छ । कम्पनीको आज एकैदिन ७ करोड ९१ लाख ९९ हजार ५१ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, ग्लोबल आइएमई बैंकको ७ करोड २६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ५९ लाख, जीवन विकास लघुवित्तको ५ करोड ७८ लाख र हिमालयन डिस्टिलरीको ५ करोड ६१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।