नेष्डो समृद्धि लघुवित्तसहित तीन कम्पनीको शेयरमा सर्किट, यी हुन आज सर्वाधिक कमाउने

१५ चैत्र २०७८, मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो दिन नेप्से १४.२६ अकंले घटेको छ । अघिल्लो दिन २९ अकंले घटेको नेप्से आज समेत घट्न पुगेको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३८ लाख ९० हजार १३१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७५ करोड ६ लाख २८ हजार १९९ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार नेप्से घट्दा कारोबार समेत १ अर्ब ७५ करोड रुपैयाँमा सिमित हुदाँ तीन कम्पनीको शेयरमा सर्किट लागेको छ । आज इमर्जिङ नेपाल, नेष्डो समृद्धि लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, जाल्पा सामुदायिक लघुवित्तको ४.०१ प्रतिशत, समाता घरेलु लघुवित्तको २.३४ प्रतिशत, सिटिजन क्युचुअल फण्डको २.२६ प्रतिशत र यूनियन लाईफ इन्स्योरेन्सको २.०२ प्रतिशतले बढेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*