रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

१५ चैत्र २०७८, मंगलवार १४:५०

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरामा बीमा अभिमुखीकरण कार्यक्रमसम्पन्न गरेको छ । कम्पनीले बीमा अभिकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले बीमाको महत्व तथा सुविधा बुझाएर मात्र बिमा गराउनु पर्ने कुरामा जोड दिए । साथै बिमाको पहुंच बढाउन अभिकर्ताको महत्वपुर्ण भुमिका रहेको बताए ।

संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कडेलले बिमा अभिकर्ताको क्षमता अभिवृद्धिमा सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए । साथै गलत तरिका र बिश्लेषणबाट गराएमा सम्बन्धित सबैलाई समस्या हुनुको साथै सिंगो व्यबसाय प्रति नकारात्मक असर पर्ने बताए ।

उक्त कार्यक्रममा संस्थाका सेल्स हेड सन्दीप कसजु र सुर्य प्रकाश गुप्ताले सेलिङ टिप्सको सेसन संचालन गरेका थिए । गण्डकी र धवलागिरी क्षेत्रका राम्रो व्यवसाय गरेका अभिकर्तालाई लक्षित गरि बीमा अभिमुखीकरण कार्यक्रम सम्पन गरिएको संस्थाका क्षेत्रिय प्रबन्धक विनोद प्रसाद त्रिपाठीले जानकारी दिए ।

बेनी शाखाका शाखा प्रमुख मुक्ति पौडेलले संचालन गरेको उक्त कार्यक्रममा १५० जना सहभागी मध्ये उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान समेत गरिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*