ग्रीन भेन्चर्सको आईपीओ प्रि–अलटमेन्ट आज हुँदै, बाँडफाँड एक साताभित्र हुने

१५ चैत्र २०७८, मंगलवार १४:२६

काठमाडौं । ग्रीन भेन्चसको साधारण सेयर (आईपीओ) को प्रि–अलटमेन्ट आज हुँदैछ । चैत्र ८ गतेदेखि चैत्र ११ गते, शुक्रबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को प्रि–अलटमेन्ट आज हुन लागेको कम्पनीको बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।

प्रि–अलटमेन्ट सम्पन्न भएपछी सो को जानकारी नेपाल धितोपत्र बोर्डलाई दिइन्छ र बोर्डको अनुमतिपछी आईपीओको बाँडफाँड गरिने व्यवस्था रहेको छ । कम्पनीको आईपीओ बाँडफाँड यसै साताभित्र सम्पन्न गरिने पनि क्यापिटलले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*