बीमा कम्पनीको पुँजी वृद्धिले संचालकहरु तनावमा, समितिमा योजना पेश गर्दै

१५ चैत्र २०७८, मंगलवार १४:०३

काठमाडौं । बीमा समितिले पुँजी वृद्धिको योजनाले संचालहरु तनावमा परेका छन् । समितिले बीमा कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धिको योजना एक महिनाभित्र पेश गर्न निर्देशन दिएसँगै कसरी अगाडि भन्ने बिषयमा कम्पनीका संचालहरु जुटेका छन् ।

समितिले गत बिहीबार जीवन र निर्जीवन कम्पनीको चुक्ता पुँजी बढाएको हो । जीवन बीमाको चुक्ता पुँजी २ अर्बबाट बढाएर ५ अर्ब रुपैयाँ पुर्याएको छ । यस्तै निर्जीवन बीमामा कम्पनीको १ अर्ब बाट २ अर्ब ५० करोड रुपैयाँ पुर्याएको छ । समितिले एक महिनाभित्र क्यापिटल प्लान समिति बुझाउन निर्देशन दिएसँगै बीमा कम्पनीका संचालकहरु छलफल का लागि जुटेका छन् ।

हिजो कम्पनीका संचालकहरुले पूँजी वृद्धि सम्बन्धि बीमा समितिको निर्देशनका सम्बन्धी प्रस्तावको बिषयमा छलफल गरेका थिए ।उक्त बैठकले पुँजिवृद्धिको सम्भावना र चुनौतीको बिषयमा जोड दिएर उक्त बिषयमा छलफल केन्द्रित रहेको एक कम्पनीका संचालकले बीमापोष्टलाई बताए । केहि दिनमा बीमा समितिमा आफनो योजना पेश गर्ने तयारी भईरहेको उनले बताए ।

साथै बीमा समितिले दिएको समयावधि थप गर्ने भन्ने बिषयमा पनि छलफल प्रस्ताव अघि बढाएको थियो । समितिले बीमा कम्पनीहरुलाई पूँजी वढाउन नसक्ने कम्पनीहरुलाई मर्जरमा नै गएर भएपनि पूँजी पुर्याउन निर्देशन जारी गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*