बीमा अभिकर्ताको लाईसेन्स नविकरणमा सफ्टवयरको समस्या

१५ चैत्र २०७८, मंगलवार १३:५५

काठमाडौं । बीमा अभिकर्ताहरुले लाईसेन्स नविकरणको क्रममा सफ्टवयरले राम्रोसँग काम नगरेको अभिकर्ताहरुले गुनासो गरेका छन् ।
दर्शनटेक नामक कम्पनीले बनाएको सफ्टवयरले नविकरण गर्न नमान्ने, पटक पटक सिष्टम इरर आउने, एक भन्दा बढि कार्ड नविकरण गर्दा एउटै नाम सबै कार्डमा आउने समस्या रहेको पीडितहरुले गुनासो गरेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत एक जना सिनियर एजेन्सी म्यानेजरले बीमापोष्टसँग भने, ‘१२ वटा बीमा अभिकर्ताको कार्ड नविकरण गर्दा पाँच वटा कार्डमा बीमा समितिको छाप लागेको थिएन, तीन वटामा एउटै नाम राखेर आयो ।’

दर्शनटेकले बनाएको सफ्टवयर गुणस्तरीय नहुँदा बीमा अभिकर्ताहरुले समस्या भोगिरहेका छन् । बीमा समितिले अनलाईनबाटै हुँदै आएको बीमा अभिकर्ताको लाईसेन्सलाई बीमा समितिको खातामा रकम जम्मा गरेर समेत हुने व्यवस्था पुनः सुचारु गर्न लागेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*