मञ्जुश्री फाइनान्सको बोनस शेयर हितग्राही खातामा

१५ चैत्र २०७८, मंगलवार ११:२६

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले शेयरधनीको हितग्राही (डिम्याट) खातामा बोनस शेयर जम्मा गरेको छ । कम्पनीले ४० प्रतिशत बोनस शेयर कारोबारयोग्य बनाई सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट वितरण गर्ने गरी गत पुस २९ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गरेको थियो । पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिसकिएको जानकारी कम्पनीले दिएको छ ।

धितोपत्र दोस्रो बजारमा कम्पनीले चैत ११ गते उक्त बोनस शेयर वापतको ३८ लाख ६१ हजार ५७९ दशमलव ५६८० कित्ता शेयर सूचीकृत गराएको थियो । कम्पनीले १४ प्रतिशत बोनससँगै यस वर्ष कर समेत ६ प्रतिशत नगद लाभांश समेत वितरण गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*