युनाइटेड इन्स्योरेन्सका स्वतन्त्र संचालक रविन्द्र राज पन्तको पदावधि समाप्त
१५ चैत्र २०७८, मंगलवार १०:३२
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र संचालक तथा विज्ञ संचालक रविन्द्र राज पन्तको पदावधि समाप्त भएको छ ।
कम्पनीले नेप्सेमार्फत जानकारी गराएको एक सूचनामा कम्पनीका स्वतन्त्र संचालक पन्तको चार वर्षे पदावधि सकिएको जनाएको हो । साथै कम्पनीले शीघ्र स्वतन्त्र तथा विज्ञ संचालक नियुक्त गर्ने जनाएको छ ।