एशियन लाईफ इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा

१५ चैत्र २०७८, मंगलवार १०:२३

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ ।

कम्पनीको माघ २१ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।

कम्पनीले माघ ११ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरेको हो । सो मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा क्रमशः उक्त बोनस शेयर जम्मा शुने भएकोले हालसम्म शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*