बीमा अभिकर्ताको लाईसेन्स नविकण गर्न झनै समस्या, कनेक्ट आईपिएस नहुनेले के गर्ने ?

१५ चैत्र २०७८, मंगलवार ०८:२१

काठमाडौं । बीमा समितिले केही दिन अघि देखि सुरु गरेको बीमा अभिकर्ताहरुको लाईसेन्स अनलाईनबाट नविकरण गर्ने व्यवस्थाले झनै समस्या पारेको अभिकर्ताहरुले गुनासो गरेका छन् । बीमा अभिकर्ताको लाइसेन्स नविकरणको लागि कनेक्ट आईपिएसको खाता हुनै पर्ने र नहुनेले समेत खोल्नुपर्ने झन्झटका कारण समस्या उत्पन्न भएको हो ।

नेपालमा करिब तीन लाख सक्रिय बीमा अभिकर्ता छन् भने करिब लाख जनाले बीमा अभिकर्ताको लाइसेन्स लिएका छन् । उनीहरुको लाइसेन्सको म्याद यही चैत्र मसान्तभित्र सकिदैछ । नविकरण गर्ने अन्तिम समय नजिकिँदै गर्दा बीमा अभिकर्ताहरु अन्योलमा परेका छन् । बुधबार अर्थमन्त्रालयमा भेटिएका नेपाल लाइफका एक जना सिनियर एजेन्सी म्यानेजरले गुुनासो गर्दै थिए, ‘म काठमाडौंमै छु र त मैले कनेक्ट आईपिएस लिएको छैन, दुर दराजका बीमा अभिकर्ताहरु जोसँग कनेक्ट आईपिएस छैन उनीहरुले कसरी बीमा अभिकर्ताको लाइसेन्स नविकरण गर्ने ?’ उनले समस्याको तत्काल हल खोज्न आह्वान गरेका छन् ।


दुई सय रुपैयाँ राजश्व तिर्नुपर्ने बीमा अभिकर्ताको लाईसेन्स नविरणको लागि बीमा समितिले झन्झट पन्छाउनकै लागि कनेक्ट आईपिएसलाई जिम्मा लगाएको देखिएको छ । अनलाईनबाट हुने तथा गर्ने बीमा समितिको सर्भरमा एप्लिेकशन विकास गरेर त्यही सिष्टम विकास गर्नुपर्नेमा कनेक्ट आईपिएसबाट छिर्नुपर्ने गरिएको छ । यसले दोहोरो झन्झट र बीमा अभिकर्ताहरुलाई अप्ठेरो परिरहेको छ ।

बीमा अभिकर्ता दीपक कुमार बरालले कनेक्ट आईपिएसबाट मात्रै नविकरण गर्छु भन्ने बीमा समितिको निर्णय सच्याउनुपर्ने बताए । अभिकर्ताको लाईसेन्स जुनसुकै माध्यमबाट हुने गरी सहजिकरण हुनुपर्ने उनको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*