साल्ट ट्रेडिङको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?

१४ चैत्र २०७८, सोमबार १६:३५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

आज कारोबार बन्द हुनुभन्दा अघि कायम ५१५२ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर विरणका लागि बुक्लोज भएपछिको शेयरमूल्य ४६८३ रुपैयाँ ६४ पैसा कायम गरेको छ । सोही मूल्यका आधारमा नै भोलि कम्पनीको शेयरमूल्य कारोबार खुल्नेछ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सोही लाभांश पारित गर्न साल्ट ट्रेडिङले चैत ३० गते बिहान ११ बजे सोल्टी होटल ताहाचल काठमाडौंमा ५५औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*