नेशनल लाईफ इन्स्योरेन्सद्धारा घातक रोग बापतको रकम हस्तान्तरण

१४ चैत्र २०७८, सोमबार १६:०५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले घातक रोग वापतको उपचार दाबी भुक्तानी गरेको छ । कम्पनीको पथरी शाखाले घातक रोग बापतको ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

पथरी शनिच्श्ररे वडा न २ बुद्धचोक निबासी बीमित नर बहादुर राईलाई कम्पनीको पथरी शाखाले निबासमा मै गई घातक रोग दाबी वापतको भुक्तानी प्रदान गरेको हो । बीमित राईले करिब ३ वर्ष अगाडि बीमाङक ५० लाख रुपैयाँको आफ्नो जीवन बीमा गरका थिए । बीमा गरेको करिब २ वर्षपछि मृगौलामा जटिल समस्या प्रमाणित भएपछि उपचारका लागि ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हो ।

उक्त दाबी भुक्तानी कार्यक्रममा शाखाका कर्मचारी, अभिकृर्ता, गाउँका समाजसेवी लगायत शिक्षकहरुको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*