आईसीएफसी फाइनान्ससहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
१४ चैत्र २०७८, सोमबार १५:२२
काठमाडौं । आइतबार नेप्से ओरालो लागेको छ । हिजो ४१ अकंले घटेको नेप्से आज भने २९.९८ अकंले घटेको हो ।
पूँजी आज बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको ४९ लाख ५८ हजार ९१४ कित्ता शेयर किनबेच भएको छ । नेप्से राताम्य हुदाँ कारोबार भने २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१३ रुपैयाँमा सिमित भएको छ ।
हिजो करिब ५ अर्बको कारोबार भएकोमा आज भने कारोबार खुम्चिएर साढे २ अर्बमा सिमित भएको हो । सोमबार नेप्से राताम्य हुदाँ आइसिएफसी फाइनान्सले सर्वाधिक गुमाएको छ । कम्पनीको शेयर आज ४.८२ प्रतिशतले घटेको हो ।
त्यस्तै, सानिमा लाईफ इन्स्योरेन्सको ४.५२ प्रतिशत, ज्योति लाईफ इन्स्योरेन्सको ४.४५ प्रतिशत, ग्रीनलाईफ हाइड्रोपावरको ४.३८ प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्सको ४.३२ प्रतिशत र घलेम्दी हाइड्रोको ४.०६ प्रतिशतले घटेको हो ।