सुविधाको दायरालाई बृहत बनाउँदै रिलायन्स लाइफ इन्स्योरेन्स, टोल फ्री नम्बरको सुरुवात

१४ चैत्र २०७८, सोमबार १३:०१

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो सेवा सुविधाको दायरालाई बृहत बनाउँदै अगाडि बढि रहेको छ । २०७४ मंसिर १ गतेदेखि ब्यवसायिक कारोबार गर्दै आईरहेको कम्पनीले आफ्नो योजनाहरु मार्फत जोखिम बहन र वित्तीय स्थिरता प्रदान गर्दै आइरहेको छ ।

सेवाहरुको बिस्तार गर्ने क्रममा कम्पनीले टोल फ्री नम्बरको सुरुवात गरेको छ । कम्पनीले ग्राहकहरुको सेवा सुविधालाई सहज हुने उद्देश्यका साथ यो सेवाको सुरुवात गरेको हो । इन्स्योरेन्सले दिदै आइरहेको सम्पूर्ण सेवा सुविधाको जानकारी निःशुल्क रुपमा प्रदान गर्नेका लागि टोल फ्री नम्बर १६६००१०१४०० को सुचारु गरेको हो । हाललाई उक्त सुविधा नेपाल टेलिकमका प्रयोगकर्ताहरुले मात्र प्राप्त गर्ने सक्नेछन् ।
उक्त सेवाको सुरुवात गरेसँगै कम्पनीको सेवा सुविधा बारे जानकारी लिन सहज र सरल हुनको साथै ग्राहकहरु लाभान्वित हुने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीले ग्राहकहरुलाई सम्पत्ति ब्यवस्थापनमा सहायता, प्रर्याप्त जोखिम बहन र सरोकारवालाहरुलाई विद्युतीय माध्यमहरुसँग अनुकूलन गर्न सहयोग प्रदान गर्दै आइरहेको छ । साथै इन्स्योरेन्सले ग्राहकहरुका निम्ति प्रतिस्पर्धा शुल्कमा नयाँ योजनाहरु, गुणस्तरीय सेवा समसामयिक सेवा र झन्झट मुक्त दाबी भुक्तानी दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*